कोरियाबाट मात्र कृष्णका लागि नेपाली १५ लाख बढि रकम संकल ।

कोरियाबाट मात्र कृष्णका लागि नेपाली १५ लाख बढि रकम संकल ।

प्रकाशित मिति: ६ माघ २०७५, आईतवार १५:४७

दाङमा भयको अकल्पनिय दुर्घटना बाट बाँच्न सफल रुकुमका कृष्ण वलीका लागि सहयोग रकम उठ्नेक्रम जारि छ । गत जेष्ठ २५ गते तुलसीपुर उपमहानगरपालीका स्थीत बखरियाको एक टोलमा विधुतको पोलमा चढी विधुत प्रबाह गर्नेक्रमा उनलाइ करैन्ट लागेको थियो ।
स्थानीय एक मिल सन्चालकको गल्तिको सिकार हुन पुगेका कृष्ण लामो समयको उपचारपछि बाँच्न त सफल भए तर उनले दुवै हात र एउटा खुट्टा गुमाउन पर्यो ।
२१ वर्षको सानै उमेरमा कृष्णको जीवनमा आइपरेको बज्रपातलाइ आफ्नै दुख सम्झेर देश बिदेशबाट सहयोगी हातहरु फैलिएका छन जसलेगर्दा उनिमा खुसिका किरण दैखा पर्नथालेको छ ।
उनको उपचारमा खर्च भएकौ ठुलो धनराशि,कमजोर आर्थीक बवस्थाका कारण उनको थप उपचारमा आइपरेको कठीनाइको बारेमा विभिन्न सन्चार माध्यममा समाचार प्रसारण र प्रकाशन भयछि अहिले सहयोग गर्ने मनहरु बढिरहेका छन । उनको सहयोगका लागी भन्दै नेपाल तथा नेपाल बाहिरका विभिन्न देशमा स्वस्फुर्तरुपमा संचालन भएका अभियानबाट संकलित रकम हस्तान्तरण गर्नै क्रम चलिरहेको छ ।
अहिलेसम्म सहयोगीदाताबाट संकलित ४० लाख बढि रकम प्राप्त भएको पारिवारिक स्रोतले जानकारि दिएको छ भने थप उपचारका लागी अझै रकम अपुग रहेको उनकी जिवन संगिनी रुपा मगरले जानकारि दिइन । कृष्णको हात खुटटा जडानका लागी नेपाली ९० लाख खर्च हुने अनुमान छ ।
यसैविच दक्षीण कोरियामा पनि दुबै हात र एक खुटटा गुमाएका कृष्ण वलिको सहयोगका लागी यहाँ रहेका नेपालीले सहयोग अभियान संचालन गरेका छन । जसअन्र्तगत दाङ घर भइ हाल रौजगारीको शिलशिलामा कोरियामा रहेका माधव के.सिको नेतृत्वमा जनवरी ८ देखि १६ सम्म संचालन भएको अभियानबाट संकलित ११ लाख ३० हजार वोन अर्थात नैपाली रु १ लाख १४ हजार ५ सए शनिबार कृष्णको परिवारलाइ हस्तान्तरण गरियको छ । जुन अभियानमा केसि सहित ६३ जनाले साथ दिएका थिय ।
त्यस्तै यहाँ सञ्चालन भएको अर्को अभियान आज सकिदैछ । सामाजिक अभियान्ता गुरुदत्त न्युपाने,मीन बिक,क्रिश गुल्मेली वावु,सुन्दरबावु श्रेष्ठ र डोलीन केसीले संयुत्तरुपमा संचालन गरेको सहयोग अभियान आज आइतबार सकिन लागेको हो । अहिले सम्म यो अभियानमा पाँच सय जना बढि नेपालीले सहभागीता जनायका छन भने जसबाट १ करोड १९ लाख बढि वोन सङकल भएको र चाँडैै नै रकम हस्तान्तरण गरिने अभियान्ता गुरुदत्त न्युपानेले जानकारी दिएका छन् ।
त्यसैगरि यहाँ अरु अभियान्ताले पनि रकम संकल गरेको बुझियको छ । यसरि दक्षिण कोरियामा रहेका नेपालीबाट मात्रै कृष्णका लागि करिव नेपाली १५ देखि २० लाख सहयोग रकम पुग्ने आँकलन गरियको छ । यसरि एउटा नेपालीलाइ परेको दुःखमा सन्सारभर बस्ने नेपालीले देखायको माया र गरेको सहयोगलाइ अरुले पनि अनुसरण गर्न आबश्यक छ ।

Comments

Top News video

Ten year challange for me

नेपाल जापान श्रम स्वीकृति यसरि भयो पूरा भिडियो सहिद ताजा जानकारी लिनुहोस। मासिक तलब ३ लाख बढी । पूरा भिडियो हेरेर हाम्रो Youtube Channel Subscribes गर्नुहोल ।